ल्याम्ह पुच: रनिङशिल्ड फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः लाई
पाेखरा | कात्तिक ८, २०७९
पोखरा । तेस्रो रनिङशिल्ड तथा छैटौं ल्याम्ह पुचः फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः ले जितेको छ । महेन्द्रपुल ल्याम्ह पुचः को आयोजनामा भएको फुटसल लिगको फाइनलमा पृथ्वीचोकले हेम्जा ल्याम्ह पुचः लाई फाइनलमा ४–१ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।
च्याम्पियन पृथ्वीचोकले नगद ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हेम्जाले २० हजार रुपैयाँको साथमा शिल्डक मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै तेस्रो भएको भीमसेनटोलले १० हजार रुपैयाँ प्राप्त गर्यो।

नेवार समुदायका युवाहरुबीच आपसी भाइचारको सम्बन्ध विकसित गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पृथ्वीचोकका विजय श्रेष्ठ घोषित भए । यस्तै पृथ्वीचोककै अजय श्रेष्ठ उत्कृष्ट एला, कृष्णराज भण्डारी उत्कृष्ट फिक्सो घोषित भए । हेम्जाका चार्लित श्रेष्ठ उत्कृष्ट गोलरक्षक र अंकित श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । प्रतियोगिताको अनुशाशीत टिम मोहोरिया ल्यह्मा पुचः घोषित भयो ।
ल्याम्ह पुच: नेवार समुदायका युवाहरु बिच भाइचारा सम्बन्ध राख्न आयोजना गरिएको प्रतियोगिता शुक्रबारदेखी सुरु भएको थियो । शुक्रबार र शनिबार लिगचरणका खेलहरु भएका थिए । आइतबार सेमिफाइनल तथा फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक रोविन मानन्धरले जानकारी दिए । कोरोना महामाररीका कारण ३ वर्ष प्रतियोगिता आयोजना गर्न सकिएको थिएन । २०७४ सालदेखी रनिङशिल्ड सुरु गरिएको प्रतियोगिताको तेस्रो संस्करणमा कुल १५ टिमको सहभागिता रहेको थियो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

